देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

निर्वाचन आयोग र सभामुखविरुद्ध एमालेको रिट ‘हेर्न नभ्याइने’

देशान्तर

काठमाडौं – नेकपा एमालेले निर्वाचन आयोग र सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध हालेको रिटको आज सुनुवाइ नहुने भएको छ। आइतबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको एकल इजलासमा पेसी तोकिएको मुद्दा ‘हेर्न नभ्याइने’ सूचीमा परेको हो।

सरकारले ल्याएको राजनीतिक दलसम्बन्धी अध्यादेशपछि पार्टी विभाजन भएपछि एमालेले बुधबार निर्वाचन आयोग, सभामुख र लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्तीविरुद्ध मुद्दा हालेको थियो।

आयोगले एमाले विभाजन गर्नको लागि अनाधिकृत व्यक्तिको हस्ताक्षरलाई मान्यतालाई मान्यता दिएको, सभामुखले पार्टीका तर्फबाट कारबाही भइसकेको सांसदहरूमाथि कारबाहीको सूचना टाँस नगरेको र लुम्बिनी प्रदेशका सभामुखले प्रदेश सांसदहरुलाई कारबाही गरेको सूचना टाँस नगरेको भन्दै एमालेले रिट दायर गरेको थियो।