देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

प्रदेश २ मा थप तीन सांसदले गरे लोसपाको पक्षमा सनाखत

देशान्तर

जनकपुरधाम – प्रदेश २ मा जनता समाजवादी पार्टी (जसपा)का थप तीन सांसदले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)  रोजेका छन् । सांसदहरु रानीशर्मा तिवारी, अभिराम शर्मा र उपेन्द्र महतोले जनकपुरस्थित प्रदेश निर्वाचन कार्यालयमा पुगेर लोसपा पक्षमा सनाखत गरेका हुन् ।

उनीहरुलाई सनाखत गराउन प्रदेशका पूर्वमंत्री एवं सांसद जितेन्द्र सोनल निर्वाचन कार्यालय पुगेका थिए । तर उनले अझै सनाखत गराएका छैनन् ।

तत्कालीन राजपाकी सांसद शर्मा उपेन्द्र यादव समूहमा गएकी थिइन् । लोसपा अध्यक्ष महन्थ ठाकुर उनलाई आफ्नो पार्टीमा सनाखत गराउन सफल भएका छन् ।

यसअघि जसपाका १२ सांसदले लोसपा पक्षमा सनाखत गरिसकेका छन् । अब लोसपामा १५ सांसद पुगेका छन् ।

पूर्वमन्त्रीसमेत रहेका सांसद सोनलले पनि लोसपाकै पक्षमा सनाखत गर्नेछन् ।