देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

थप १५३४ जनामा कोरोना संक्रमण पुष्टि, २० जनाको मृत्यु

देशान्तर

काठमाडौं– पछिल्लो २४ घण्टामा देशभर एक हजार ५३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको सात हजार ९७१ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा एक हजार ५३४ जनामा संक्रमण पुष्टि भएको हो।

स्वास्थ्य मन्त्रालयका अनुसार पाँच हजार १७० जनाको पिअिसार परीक्षण गर्दा ९७६ र दुई हजार ८०१ जनाको एन्टीजेन परीक्षण गर्दा ११३ जनामा संक्रमण पुष्टि भएको हो।

आज देशभर एक हजार ५३४ जना संक्रमित निको भई डिस्चार्ज भएका छन्। पछिल्लो २४ घण्टामा २० जना संक्रमितको मृत्यु भएको छ।

देशभर ३१ हजार २४८ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। तीमध्ये २९ हजार ८१ होम आइसोलेसनमा रहेका छन्। संस्थागत आइसोलेसनमा दुई हजार १६७ संक्रमित छन् भने ५२३ जना आइसियुमा र १६२ जनाको भेन्टिलेटरमा राखि उपचार भईरहेको छ।
देशभर २६६ जना क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।