बैतडी – बैतडीका २० जना जनप्रतिनिधिले एमाले परित्याग गरेका छन् ।
उनीहरुले आजै माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) मा सनाखत गरेका छन् ।
जिल्ला निर्वाचन कार्यालयका प्रमुख माधव फुयालले स्थानीय तहको निर्वाचनमा एमालेबाट जितेका २० जना जनप्रतिनिधिले नेकपा (एकीकृत समाजवादी)मा सनाखत गरेको जानकारी दिए ।
नेकपा(एकीकृत समाजवादी)ले बैतडी सदरमुकाममा पार्टी कार्यालय स्थापना गरेको छ ।





प्रतिक्रिया