देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

गोरु काटेको आरोपमा ३ जना पक्राउ

देशान्तर

स्याङ्जा – मासु खाने प्रयोजनका लागि जिउँदो गोरु काटेको आरोपमा प्रहरीले तीनजना पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भीरकोट नगरपालिका ८ ढापुकफेदीका नैन सिंह गुरुङ, हुमप्रसाद गुरुङ र खेम गुरुङ हुन्।

आइतबार राति १ बजेतिर जिउँदो गोरु काट्दै गरेको अवस्थामा उनीहरु पक्राउ परेको प्रहरी नायव उपरीक्षक राजेन्द्र प्रसाद अधिकारीले जानकारी दिए। गोरु काटेर भागबण्डा लगाउँदै गरेको अवस्थामा प्रहरीले ३ जनालाई पक्राउ गरेको जनाएको छ। उनीहरुका साथबाट २ वटा चक्कु पनि नियन्त्रणमा लिइएको छ।

आरोपित ३ जनालाइै पशुपंक्षीसम्बन्धी कसुरमा मुद्दा दर्ता गरी अदालतबाट ७ दिनको म्याद थप भएको छ।