देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तोडफोड

देशान्तर

काठमाडौं– बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपतिको कार्यालयमा तोडफोड भएको छ।
सोमबार दिउँसो नेकपा एमाले, राप्रपा नेपाल, संघीय लिम्बुवान मञ्च र राप्रपाले उपकुलपति कार्यालयमा तोडफोड गरेको प्रतिष्ठानमा कार्यरत एक चिकित्सकले जानकारी दिए।

उनका अनुसार तोडफोड गर्न डेढ सय भन्दा बढी व्यक्तिहरु प्रतिष्ठानभित्र प्रवेश गरेका थिए। बिपी प्रतिष्ठानमा प्रतिष्ठान शुद्धीकरणको अभियानसहित प्रतिष्ठानका कर्मचारी, शिक्षक, चिकित्सक तथा विद्यार्थीहरु ८४ दिनदेखि आन्दोलनमा छन्।

आन्दोलनरत पक्षले प्रतिष्ठानको उपकुलपतिको कार्यालयमा असार १६ गतेदेखि तालाबन्दी समेत गरेका थिए।

प्रतिष्ठानमा पदाधिकारीहरुले अनियमितता गरेको भन्दै आन्दोलनरत कर्मचारीहरुले प्रतिष्ठानका पदाधिकारीलाई बर्खास्त गर्नुपर्ने माग गर्दै आएका छन्। आफूहरुको माग सम्बोधन नभएको भन्दै स्वास्थ्यकर्मीहरुले आइतबारदेखि आकस्मिक, कोभिड र पूर्वनिर्धारित परीक्षा बाहेकका सेवा बहिस्कार गरेका छन्।

स्वास्थ्यकर्मीहरुले आन्दोलनमा रहेर सेवा बहिस्कार गरेको भन्दै नेकपा एमाले, राप्रपा नेपाल, संघीय लिम्बुवान मञ्च र राप्रपाले नेता कार्यकर्ताहरुले उपकुलपतिको कार्यालयमा तोडफोड गरेको एक चिकित्सकले जानकारी दिए।