काठमाडौं – सत्तारुढ दल नेपाली काँग्रेसको संसदीय दलको बैठक आज बस्दैछ । आज दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संघीय संसदको हलमा काँग्रेसको संसदीय दलको बैठक आव्हान गरिएको संसदीय दलका सचेतक पुष्पा भुषालले जानकारी दिइन् ।
बैठकमा भोलि बस्न लागेको संसद अधिवेशन, बजेट, अध्यादेशलगायतका विषयमा छलफल हुने जनाइएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले भोलि भदौ २३ गते अपरान्ह ४ बजेका लागि संसद अधिवेशन आव्हान गरेकी छन् ।





प्रतिक्रिया