देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

जोगिमारामा पहिरो : मुग्लिन-नौबिसे सडक अवरुद्ध

देशान्तर

धादिङ – वर्षाको कारण सडकमा पहिरो खस्दा मुग्लिन-नौबिसे सडक खण्ड अवरुद्ध भएको छ । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका-१० जोगीमारामा मंगलबार बिहान ६ पहिरो खसेको हो । ठूलो पहिरो खस्दा राजमार्ग दुईतर्फी नै अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

अहिले पहिरो हटाउनका लागि फिस्लिङबाट सडक विभागको मेसिनसहित टोली पहिरोस्थलतर्फ गएको सडक विभागका सुपरभाइजर हरि घिमिरेले जानकारी दिए । पहिरो ठूलो खसेकाले सडक खुलाउनका लागि समय लाग्ने प्रहरीले जनाएको छ । पहिरोले यातायात अवरुद्ध हुँदा सडकको दुबैतर्फ सबारी साधनको लामो लाइन लागेको छ भने यात्रुहरुले सास्ती पाएका छन् ।