देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

काठमाडौंका प्रमुख जिल्ला अधिकारी परिवर्तन

देशान्तर

काठमाडौं – गृहमन्त्रालयले काठमाडौंका प्रमुख जिल्ला अधिकारी परिवर्तन गरेको छ ।

गृह मन्त्रालयका सहसचिव गोविन्दप्रसाद रिजाललाई नयाँ प्रजिअका रूपमा पठाइएको छ । गृहमन्त्री बालकृष्ण खाणको मन्त्रीस्तरीय निर्णयबाट कालीप्रसाद पराजुलीलाई हटाएर रिजाललाई ल्याइएको हो । पराजुलीलाई गृहमन्त्रालयमा तानिएको स्रोतले जनाएको  छ ।

रिजाल विगत ४ महिनादेखि गृहमन्त्रालयको प्रशासन महाशाखा प्रमुखका रूपमा कार्यरत थिए । यसअघि उनी २०७७ साल कात्तिक ३ गतेदेखि २०७८ वैशाख २ गतेसम्म मकवानपुरका प्रजिअ रहिसकेका छन् । यस्तै उनले करिब २ वर्ष दाङको प्रजिअ भएर पनि काम गरेका थिए ।