देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

निर्वाचन आयोगविरुद्ध मुद्दाको पेशी प्रधानन्यायाधीशको इजलासमा

देशान्तर

काठमाडौं – नेकपा एमालेले निर्वाचन आयोगलाई विपक्षी बनाइ सर्वोच्च अदालतमा दायर गरेको रिटको पेशी प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको इजलासमा तोकिएको छ ।

एमालेले दायर गरेको रिटको पेशी प्रधानन्यायाधीश राणाले मंगलबार आफ्नै इजलासमा राखेका हुन्। यस अगाडि पनि मुद्दाको पेशी पटक- पटक चढेपनि हेर्न नभ्याइनेमा परेको थियो

मुद्दाको पेशी आइतबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको इजलाशमा परेको थियो। त्यसैगरी शुक्रबार मुद्दाको पेशी न्यायाधीश मिरा खड्काको इजलासमा परेपनि बेन्च बस्न नभ्याएु पछि मुद्दाको सुनुवाइ रोकिएको थियो।

दल दर्ताका क्रममा निर्वाचन आयोगले दस्तखत नै नभएका निवेदनहरुलाई पछि सनाखत गराएको,बिना कारण प्रक्रिया नै पूरा नगरी गलत मनसायले हतारमा छुट्‍टै दल दर्ता गराएको भन्दै एमालेले सर्वोच्चमा रिट दायर गरेको थियो।

यस्तै लुम्बिनी प्रदेशका दुईजना सांसद बिमला वली र अजय शाहीलाई दलले निष्कासन गरेका दुवै सांसदलाई यथावत राख्नेगरी भएको निर्णय बदर गरी गैरकानुनी कार्य गरेको भन्दै एमालले असर्वोच्चमा अर्को रिट दायर गरेको थियो।

यस्तै एमालेले भदौ १ गते माधवकुमार नेपालसहित १४ सांसदलाई कारबाही गर्दै पदमुक्त गर्न संसद् सचिवालयमा पत्र पठाएको थियो। तर सभामुख सापकोटाले कारवाही प्रक्रिया अगाडि बढाएका थिएनन्।

त्यसपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोगलाई विपक्षी बनाइ रिट दायर गरेका थिए। एमालेले सभामुखको उक्त निर्णय बदर गर्न अन्तरिम आदेश जारी हुनुपर्ने माग गरेको छ।