काठमाडौं – राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको १५५ औं जन्मजयन्ती आज विभिन्न साहित्यिक कार्यक्रमको आयोजना गरी मनाइँदैछ।
वि.सं. १९२३ भाद्र कृष्ण कुशेऔंशीका दिन जन्मेर वि.सं.१९५३ भाद्र कृष्ण कुशेऔंशीकै दिन ३० वर्षको उमेरमा परलोक भएका मोतीराम भट्टले नेपाली साहित्यको श्रीवृद्धिका लागि गहन योगदान पुर्याएका थिए।
नेपाली साहित्यको शृङ्गार रसलाई योगदान दिएका युवाकवि मोतीराम भट्टले आदिकवि भानुभक्तको जीवनी पहिलोपटक प्रकाशनमा ल्याउनाका साथै नेपालमा छापाखानासमेत भित्र्याउनुभएको थिए। यही छापाखानामार्फत् नेपालमा पत्रकारितको शुरुआत् भएको हो।
दिवसका अवसरमा आज नेपाली शिक्षा परिषद्लगायत विभिन्न संस्थाले कार्यक्रम आयोजना गर्दैछन्। नयाँ भेरियन्टसहितको कोरोना महामारीको जोखिम कायमै रहेकाले जुम प्रविधिबाट कार्यक्रम गरिने परिषद्ले जनाएको छ।





प्रतिक्रिया