देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

थप १६७७ जनामा कोरोना संक्रमण, २१ जनाको मृत्यु

देशान्तर

काठमाडौं – पछिल्लो २४ घन्टामा नेपालमा थप एक हजार ६७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप एक हजार ६७७ जनामा संक्रमण देखिएको हो।

११ हजार १११ जनाको पीसीआर र तीन हजार ९२३ जनाको एन्टिजेन गरी १५ हजार ३४ जनाको परीक्षण गर्दा एक हजार ६७७ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ। पीसीआर परीक्षणबाट एक हजार ४२३ र एन्टिजेनबाट २५४ जनामा संक्रमण पुष्टि भएको हो।

मन्त्रालयका अनुसार सोही अवधिमा थप २१ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ। यससँगै नेपालमा कोरोनाका कारण १० हजार ८७९ जनाको मृत्यु भएको हो।