देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

वागमती प्रदेश सरकारमा १० मन्त्री थपिँदै, आजै सपथग्रहणको तयारी

देशान्तर

काठमाडौं – वागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले मन्त्रिपरिषद् विस्तार गर्दै १० जना प्रदेशसभा सदस्यलाई सरकारमा सामेल गरेकी छन् । एमाले विभाजनपछि अल्पमतमा परेकी शाक्यले विभाजनमा माधव नेपालको साथ छाडेकालाई समेत समेटेर सरकार विस्तार गरेकी हुन् ।

नवनियुक्त मन्त्री र राज्यमन्त्रीहरूको सपथग्रहण आजै दिउँसो २ बजे हुने बताइएको छ । अहिले सरकारमा मुख्यमन्त्री शाक्य र मन्त्री केशव पाण्डेमात्र छन् । शाक्यले पार्टी विभाजनपछिको अवस्थामा संविधानबमोजिम संसद फेस गर्ने प्रमुख सचेतक दीपक निरौलाले बताए । थपिएकामध्ये बद्री मैनाली, सरस्वती बाटी, जुनेली श्रेष्ठ र जीवन खड्का राज्यमन्त्री हुन् ।