देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

दर्ता नगरी सञ्चालित हार्डवेयर पसलहरूलाई कारबाही

देशान्तर

भक्तपुर – भक्तपुर नगरपालिकाले दर्ता नगरी सञ्चालित हार्डवेयर पसलहरूलाई कारबाही गर्न थालेको छ । नगरपालिकाले पसल दर्ता नभए ५० हजार रुपैयाँदेखि एक लाखरुपैयाँसम्म, बिलविना सामान बिक्री गरे तीन लाख रुपैयाँसम्म र इष्टिमेट बिलमा बिक्री गरे २० हजार रुपैयाँ जरिवाना गरिने जनाएको छ ।

हिजो अनुगमनका क्रममा धेरै हार्डवेयर पसलले दर्ता नवीकरण नगरेको, नापतौल विभागमा तराजु नवीकरण नगरेको, सामान भ्याट बिलविना बिक्री गरेको, मूल्यसूची नराखेको, खरिद बिक्री बिल नराखेको, चिसो भुइँमा डल्ला पर्ने गरी सिमेन्ट र खिया लाग्ने ठाउँमा डण्डी राखेको पाइएको थियो । उनीहरुलाई कसुर अनुसारको कारबाही हुने नगरपालिकाको अनुगमन समितिका संयोजक राजकृष्ण प्रजापतिले जानकारी दिए ।