देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

आफ्ना समूदायको प्रतिनिधित्व सुनिश्चित गर्न माग गर्दै कांग्रेस केन्द्रीय कार्यालयमा मुस्लिम संघको धर्ना

देशान्तर

काठमाडौं – नेपाली कांग्रेसमा आवद्ध नेपाल मुस्लिम संघले पार्टीको आगामी महाधिवेशनमा आफ्ना समूदायको प्रतिनिधित्व सुनिश्चित गर्न माग गर्दै पार्टी केन्द्रिय कार्यालय सानेपामा धर्ना दिन सुरु गरेको छ ।

संघका सभापति अब्दुल सतार नेतृत्वको टोलीले आगामी महाधिवेशनमा आफ्नो समूदायको प्रतिनिधि सुनिश्चित गर्न पार्टी नेतृत्वलाई दवाव दिँदै केन्द्रीय कार्यालयमा धर्ना दिन सुरु गरेको हो ।

प्रदेश र प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट आफूहरुलाई प्रतिनिधित्व सुनिश्चित हुने गरी निर्वाचन निर्देशिका सच्याउन पार्टी नेतृत्वलाई दबाब दिन आफूहरुले धर्नालगायतका आन्दोलनको कार्यक्रम सुरु गर्नु परेको संघका सभापति सतारले बताए । उनले आफूहरुको माग सम्बोधन नभएसम्म पार्टी केन्द्रिय कार्यालयको धर्ना कार्यक्रमलाई निरन्तरता दिने चेतावनी समेत दिए ।

संघले पार्टीको सबै निकायमा सबै समूदायको समानुपातिक प्रतिनिधित्व सुनिश्चित गराउने पार्टीको विधान अनुसार महाधिवेशन प्रतिनिधि चयन हुने गरी निर्वाचन निर्देशिका सच्याउन माग गर्दै पार्टी सभापति शेरबहादुर देउवालाई ध्यानाकर्षण पत्र पनि बुझाएको छ ।

नेपाली कांग्रेसको १४ औं महाधिवेशन आगामी मंसिर ९–१३ सम्म काठमाडौंमा हुने कार्यक्रम तय गरिएको छ ।