देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

थप १६४० जनामा कोरोना संक्रमणपुष्टि, १० जनाको मृत्यु

देशान्तर

काठमाडौं– पछिल्लो २४ घन्टामा नेपालमा थप १ हजार ६ सय ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार देशका विभिन्न प्रयोगशालमा गरिएको परीक्षणका क्रममा थप १ हजार ६ सय ४० जनामा संक्रमण पुष्टि भएको हो।

९ हजार७ सय ६७ पीसीआर र ३ हजार ६ सय ८८ जनाको एन्टीजेन गरि १३ हजार ४ सय ५५ जनाको परीक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेको मन्त्रालयले जनाएको छ।

त्यस्तै सोही अवधिमा कोरोना संक्रमणका कारण थप १० जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। यससँगै अहिलेसम्म १०८८९ जनाको कोरोनाका कारण मृत्यु भएको छ।