देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

देशान्तर

काठमाडौं । महाधिवेशनको तयारीमा रहेको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दैछ। पार्टी कार्यालय सानेपामा बिहान ९ बजेपछि बस्ने बैठकमा महाधिवेशन तयारीका विषयमा छलफल हुनेछ।  

बैठकमा महाधिवेशनको तयारी, निर्वाचन समितिले सार्वजनिक गरेको क्रियाशील सदस्यहरुको नामावलीमा छुटेकाहरुलाई कसरी अधिवेशनमा सहभागी गराउने भन्ने लगायत विषयमा छलफल हुने कांग्रेस केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजालले जानकारी दिए।

बैठकमा विभिन्न समितिहरुले गरिरहेका काम कारबाहीबारे पनि छलफल हुने रिजालले बताए।  आसन्न १३ औँ महाधिवेशनको संघारमा रहेको कांग्रेसको गाउँ, नगर र वडाको अधिवेशन माघ १५ मा हुँदैछ भने माघ २२ मा क्षेत्र र माघ २५ मा जिल्ला अधिवेशन हुँदैछ। अधिवेशनका लागि कांग्रेसले ७५ वटै जिल्लामा निर्वाचन अधिकृत तोकेर पठाइसकेको छ।

केन्द्रीय समितिको अधिवेशन भने फागुन २० देखि २३ मा काठमाडौंमा हुनेछ। कांग्रेसभित्र क्रियाशील सदस्यता वितरणमा भएको लापरबाही, विधान संशोधन लगायत विषय अझै टुंगो लाग्न सकेको छैन् ।  

]]>