देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

बीपी प्रतिष्ठानका उपकुलपतिलाई कार्यकक्ष प्रवेशमा रोक

देशान्तर

सुनसरी — धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा ज्ञानेन्द्र गिरीलाई कार्यकक्ष प्रवेशमा रोक लगाइएको छ ।

बिहीबार बिहान करिव ९ बजे उनी उपकुलपति परिसर हुँदै कार्यकक्षमा प्रवेश गर्न खोज्दा बीपी प्रतिष्ठान शुद्धीकरण अभियान संयुक्त संघर्ष समितिले कार्यकक्ष प्रवेशमा रोक लगाएका हुन् ।

प्रतिष्ठानका चिकित्सक, नर्स, कर्मचारी र विद्यार्थीले प्रवेशद्वारमा छेक्दै उपकुलपति गिरीको बहिगर्मन हुनुपर्ने माग राख्दै नाराबाजी गरेका थिए । बीपी कोइरालाको १०८ औं जन्मजयन्तीको अवसर पारेर उपकुलपति परिसरमा रहेको प्रतिष्ठानको झण्डोत्तोलन गर्ने प्रयास गरे पनि गिरीलाई आन्दोलनकारीहरुले झण्डोत्तोलन गर्न दिएनन् । त्यहाँबाट बाहिरिएर प्रतिष्ठानको पश्चिमी मैदानमा रहेको बीपीको प्रतिमामा उनले माल्याणर्पण गरेका थिए ।

आन्दोलनका कारण ओपिडी सेवा समेत बन्द भएर प्रतिष्ठान अस्तव्यस्त भएको करिव २ महिनापछि उपकुलपति गिरी प्रतिष्ठानमा आएका थिए ।

यसैबीच उपकुलपति गिरीले आफूले नामको अगाडि प्रयोग गर्दै आएको प्राध्यापक पद लेख्न छाडेर डाक्टरमात्र लेख्न थालेका छन् । प्रतिष्ठानको लेटरप्याडमा यसअघि उनले विभिन्न पत्र लेख्दा प्राध्यापक पनि लेख्दै आएकोमा पछिल्लो समय भदौ २१ मा संयुक्त संघर्ष समितिलाई सम्बोधन गर्दै लेखेको अपिलमा र भदौ २३ मा बीपीको १०८ औं जन्मजयन्ती र प्रतिष्ठानको २८ औं स्थापना दिवसको अवसरमा जारी परिपत्रमा गिरीले प्राध्यापक नलेखी डाक्टर मात्र लेखेका छन् ।

प्रतिष्ठानको जुनियर रेजिडेन्ट वेल्फेयर सोसाइटीका अध्यक्ष पदम नेपालीले बीपी प्रतिष्ठान शुद्धीकरण अभियानको माग समग्ररुपमा जबसम्म पुरा हुँदैन तबसम्म इमर्जेन्सी, कोभिड अस्पताल बाहेक ओपीडी र अन्य सेवा बहिष्कार गरेर सडकमै विरामी उपचारका लागि ओपिडी सेवा जारी राख्ने बताए ।