काठमाडौँ – नेपाली कांग्रेसका प्रवक्ता एवं केन्द्रीय सदस्य विश्वप्रकाश शर्माले पार्टीको १४ महाधिवेशनको लागि बिहीबार सुन्दरीजलबाट महामन्त्रीमा उम्मेदवारी घोषणा गर्ने भएका छन्।
काठमाडौंको सुन्दरीजलस्थित बीपी सङ्ग्रहालयले १०८ औँ बीपी जन्मजयन्तीको अवसरमा गर्ने एक कार्यक्रममा नेता शर्माले पार्टीको महामन्त्रीमा उम्मेदवारी घोषणा गर्ने भएका हुन्।
आफू प्रवक्तामा मात्रै सीमित नहुने भन्दै आएका उनले १४ औँ महाधिवेशनको लागि सार्वजनिक रुपमा उम्मेदवारी घोषणा गरेका छैनन्। नेता शर्माले प्रधानन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाको क्याम्पबाट महामन्त्री लड्ने तयारी गरिरहेको बुझिएको छ।
कांग्रेस महामन्त्रीमा युवा नेता एवं प्रतिनिधिसभा सदस्य गगन थापाले यसअघि नै महामन्त्रीमा लड्ने घोषणा गरिसकेका छन्।





प्रतिक्रिया