देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

एमसीसीबारे छलफल गर्न प्रचण्ड, नेपाल र यादवबीच भेटवार्ता

देशान्तर

 

काठमाडौं – सत्तारुढ तीन दलका शीर्ष नेताहरु छलफलमा जुटेका छन्। अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन(एमसीसी)संसदबाट पारित गर्ने वा नगर्ने भन्ने विषयमा साझा धारणा बनाउन कांग्रेसबाहेका सत्तारुढ तीन दलका शीर्ष नेताहरु छलफलमा जुटेका हुन्।

नेकपा (माओवादी केन्द्र)अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’,नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका नेता उपेन्द्र यादवबीच एमसीसी, मन्त्रिमण्डल विस्तारमा भइरहेको ढिलाइका बारेमा छलफल भएको हो।

ललितपुरको हात्तिवनस्थित यादवको निवासमा बिहीबार बिहान तीन शीर्ष नेताबीच छलफल भएको सुरक्षा स्रोतले जनाएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी पास गर्नुपर्ने भन्दै सत्तारुढ दल र सत्ताबाहिर रहेका दलका शीर्ष नेताहरुलाई सहयोग गर्न आग्रह गर्दै आएका छन्।

प्रचण्डले यथास्थितिमा एमसीसी पास गर्न नहुने बताउँदै आएका छन । एमसीसी केन्द्रीय कार्यालयले बुधबार नेपाल सरकारलाई पत्र पठाउँदै एमसीसीका प्रावधानहरु संशोधन गर्न नसकिने र यो कुनै पनि सैन्य रणनीतिसँग सम्बन्धित नरहेको स्पष्ट पारेको छ। बिहीबार काठमाडौं आइपुगेकी एमसीसी उपाध्यक्ष सुमारले शीर्ष नेताहरुसँग छलफल गर्दैछिन्।