देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

कांग्रेस महाधिवेशन भदौ १८ गतेदेखि सुरु भएको निर्वाचन आयोगमा पत्र

देशान्तर

काठमाडौं – नेपाली कांग्रेसले भदौ १८ गतेदेखि नै कांग्रेसको १४औ महाधिवेशन सुरु भएको निर्वाचन आयोगलाई जानकारी गराएको छ ।

निर्वाचन आयोगका सहायक(प्रवक्ता कोमलप्रसाद धमलाले बुधबार (हिजो) नेपाली कांग्रेसले आयोगलाई पत्र पठाउँदै महाधिवेशन सुरु भएको जानकारी गराएको बताए ।

उनले भने, ‘कांग्रेसले भदौ १८ गतेबाट महाधिवेशन सुरु भएको बुधबार ९हिजो० औपचारिक रुपमा आयोगलाई पत्रमार्फत जानकारी गराएको छ । पत्रमा क्रमिक रूपमा गर्दै जाने भनिएको छ।’

कांग्रेसको महाधिवेशन तालिका अनुसार भदौ १८ गतेदेखि वडा तहको अधिवेशन सुरु भएको हो । संविधानमा व्यवस्था भएबमोजिम पाँच वर्षभित्र केन्द्रीय महाधिवेशन गराइसक्‍नु पर्ने थियो ।

विशेष अवस्थाका कारण थप गर्न पाउने ६ महिनाको म्याद पनि बुधबारदेखि सकिएको छ । सोही कारण अधिवेशनको प्रक्रिया प्रारम्भ भइसकेको आयोगलाई जानकारी गराइएको हो । कांग्रेसले १४औँ महाधिवेशन आउँदो मंसिर ९(१३ गते गर्ने कार्यतालिका सार्वजनिक गरेको छ ।