देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

एमसीसी उपाध्यक्षलाई कोटेश्वरमा कालो झण्डा देखाउन खोज्ने १५ जना पक्राउ

देशान्तर

काठमाडौँ – एमसीसीकी उपाध्यक्ष फातिमा सुमारलाई कालोझण्डा देखाउन खोज्ने १५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीलाई बालकोटस्थित निवासमा भेटेर फर्किने क्रममा फातिमाको टोलीलाई एमसीसीको विरोधमा रहेका समूहले कोटेश्वरमा कालोझण्डा देखाउने प्रयास गरेको थियो । सो क्रममा नेपाल कम्युनिस्ट पार्टीसहित विभिन्न दल र संगठनमा आबद्ध १५ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेकाहरुलाई महानगरीय प्रहरी प्रभाग कोटेश्वरमा राखिएको छ । यसैबीच पक्राउ परेकाहरुलाई रिहाइको माग गर्दै कोटेश्वरमा प्रदर्शन भएको छ । प्रदर्शनकारीहरूले प्रहरी प्रभाग घेराउ गर्दै पक्राउ परेकाहरुलाई तत्काल रिहाइको मागसहित एमसीसीको विरोधमा चर्को नाराबाजी गरेका थिए ।

फातिमा नायब उपाध्यक्ष जोनाथन ब्रुुक्सलाई साथै लिएर उनी ओली निवास बालकोट पुगेकी थिइन् ।