देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

कांग्रेस महाधिवेसन रोक्न माग गर्दै दायर गरिएको रिट सर्वोच्चद्वारा खारेज

देशान्तर

काठमाडौं – कोरोनाका कारण नेपाली कांग्रेसको घोषित महाधिवेसन रोक्न माग गर्दै दायर गरिएको रिट सर्वोच्च अदालतले खारेज गरिदिएको छ । सर्वोच्चले कोरोनापछि परिस्थिति सामान्य अवस्था फर्किएको भन्दै महाधिवेसन रोक्न नपर्ने ठहरसहित रिट खारेज गरिदिएको हो ।

कांग्रेसका वागमती प्रदेश सांसद नरोत्तम ले सर्वोच्चमा रिट दायर गरेका थिए । कोरोनाले परिस्थिति असहज बनेको समयलाई शुन्य अवधि मानेर महाधिवेसन गर्नुपर्ने पाँच वर्षे म्याद लम्ब्याउन थप गर्न उनको माग थियो । सर्वोच्चका न्यायधिस अनिलकुमार सिन्हाको एकल इजलासले सो रिटलाई प्रथम दृष्टिमै खारेज गरिदिएको हो ।

पटक(पटक मिति सर्दै आएको नेपाली कांग्रेसको महाधिवेसन आगामी ९ देखि १३ मंसिरमा गर्ने पछिल्लो तयारी छ ।