देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

नेपाल र पीएनजीबीचको दोस्रो एकदिवसीय क्रिकेट आज

देशान्तर

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टिमले आज शुक्रबार पपुवा न्युगिनी (पीएनजी) सँग दोस्रो एकदिवसीय अन्तराष्ट्रिय खेल खेल्दैछ।​​ पीएनजीसँगको दुई खेलको सिरिज अन्तर्गत नेपालले आज दोस्रो खेल खेल्न लागेको हो।

नेपाल र पीएनजीबीचको खेल ओमानको अल अमिरात क्रिकेट मैदानमा हुनेछ। डे नाइट (दिन र रात) अन्तर्गतको खेल नेपाली समय अनुसार अपरान्ह ४ः१५ बजे सुरु हुनेछ। नेपालले पहिलो पटक डे नाइट एकदिवसीय अन्तराष्ट्रिय खेल खेल्न लागेको हो। सिरिज अन्तर्गत नेपालले पहिलो खेलमा पीएनजीलाई २ विकेटले हराएको थियो। सिरिजमा नेपाल १९० ले अघि रहेको छ ।

नेपाल आज दोस्रो खेल जित्दै सिरिज आफ्नो बनाउने योजनामा हुनेछ । पीएनजी पनि नेपाललाई हराएर सिरिज बराबरी गर्न चाहन्छ। आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत ओमान र अमेरिकासँगको त्रिकोणात्मक एकदिवसीय सिरिज अघि नेपालले पीएनजीसँग सिरिज खेलिरहेको हो। लिग-२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपालले पहिलो खेल अमेरिकासँग सेप्टेम्बर १३ ९भदौ २८० गते प्रतिस्पर्धा गर्नेछ।

नेपालले दोस्रो खेलमा ओमानसँग सेप्टेम्बर १४ ९भदौ २९० गते प्रतिस्पर्धा गर्नेछ। यस्तै तेस्रो खेलमा अमेरिकासँग सेप्टेम्बर १७ (असोज १) गते र अन्तिम खेलमा ओमानसँग सेप्टेम्बर १९ ९असोज ३० गते खेल्नेछ।