देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

राष्ट्रिय सभामा राजनीतिक दलसम्बन्धी अध्यादेश पेस

देशान्तर

काठमाडौँ — गृहमन्त्री बालकृष्ण खाँणले राष्ट्रिय सभामा राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन)अध्यादेश, २०७८ पेस गरेका छन् । शुक्रबार दिउँसो बसेको बैठकमा गृहमन्त्री खाँणले अध्यादेश पेस गरेका हुन् ।

अध्यादेश पेस गर्ने बेला एमालेका राष्ट्रिय सभा सदस्यहरुले उभिएर विरोध जनाएका थिए । राष्ट्रिय सभाले संविधानसभा सदस्यहरू जेबी टुहुरे र महेन्द्र शेरचनको निधनमा शोक प्रस्ताव पारित गरेको छ ।

आगामी बैठक भदौ २८ गते बस्ने दिउसो १ बजे बस्ने गरी राष्ट्रिय सभा बैठक स्थगित गरिएको अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सभालाई जानकारी गराएका थिए ।