देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

जाजरकोटमा दादुराका बिरामी देखापर्न थाले

देशान्तर

जाजरकोट – जाजरकोटमा दादुराका बिरामी देखा पर्न थालेका छन् । भेरी नगरपालिका–१ रावतगाउँमा दादुरासँग मिल्दोजुल्दो लक्षण भएका बिरामी देखिएपछि परीक्षण गर्दा दादुराका बिरामी फेला परेका हुन् ।

विश्व स्वास्थ्य सङ्गठनको सहयोगमा भेरी–१ रावतगाउँमा १८ बालबालिकाको नमूना संकलन गरी जाँच गर्दा थप दुईमा दादुरा संक्रमण पुष्टि भएको थियो ।

हिजो मात्र प्रदेश स्वास्थ्य निर्देशनालय सुर्खेत, स्वास्थ्य सेवा कार्यालय जाजरकोट र भेरी नगरपालिका स्वास्थ्य शाखाबाट संयुक्तरूपमा स्थलगत अनुगमन गरिएको थियो । स्वास्थ्य सेवा कार्यालयले वर्षेनी दादुराविरुद्धको खोप लगाउने गरे पनि अभियान असफल भएको स्थानीयवासीले बताएका छन् ।

दादुरा सुरुवा रोग भएकाले यसलाई समयमै उच्च सावधानी अपनाउन नसके अवस्था जटिल हुने देखिन्छ ।