देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

कर तिर्न नमान्ने सिनेमा हललाई कारबाही गरिने

देशान्तर

काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरभित्रका सिनेमा हललाई करको दायराभित्र ल्याउन पहल थाल्ने भएको छ। पटक पटक पत्र काट्दा पनि कर तिर्न अटेर गरेपछि सबै हललाई करको दायराभित्र ल्याउन विशेष पहल गर्ने भएको हो।

महानगरपालिकाका अनुसार महानगरभित्रका कुनै पनि सिनेमा हलले मनोरञ्जन कर तिरेका छैनन्। दर्शकसँग भने प्रत्यके सिनेमा हलले पाँच प्रतिशतका दरले मनोरञ्जन कर असुल्दै आएका छन्।

महानगरपालिकाका कार्यकारी अधिकृत रुद्रसिंह तामाङले दर्शबाट असुल्ने तर सरकारलाई नतिर्ने सिनेमा हलको प्रवृत्ति ठीक नभएको बताए।उनले कर तिर्न नमान्ने हललाई कारबाही गर्ने समेत बताएका छन्।  नयाँ पत्रिका दैनिकमा समाचार छ।

]]>