देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

मलेसियाबाट ६ शवसहित ११ नेपालीको अस्तु नेपाल ल्याइयो

देशान्तर

काठमाडौं – वैदेशिक रोजगारीका लागि मलेसिया पुगेर ज्यान गुमाएका ६ जनाको शवसँगै ११ जनाको अस्तु नेपाल आइपुगेको छ ।

विभिन्न समयमा मलेसियामा मृत्यु भएकाहरूको शवसँगै अस्तु वैदेशिक रोजगार विभागको समन्वयमा शनिबार नेपाल आइपुगेको हो । नेपाल एयरलाइन्सको आर ए ४१६ फ्लाइटमा मृतकको शरीर तथा अस्तु नेपाल ल्याएको विभागले जनाएको छ ।

नेपाल ल्याइएका अस्तुहरूमध्ये १० जनाको कोभिडका कारण निधन भएर मलेसियामै अन्त्येष्टि गरिएको थियो । मृत्यु भएर नेपाल ल्याइएका ६ वटा शव इटहरी, सप्तरी, बैतडी, भोजपुर, मोरङ र रोल्पा जिल्लाबाट वैदेशिक रोजगारीमा गएकाहरूको रहेको विभागले जनाएको छ ।

त्यस्तै, मलेसियामै अन्त्येष्टी गरिएका मोरङका दुई जना, महोत्तरी, दैलेख, पाल्पा, सर्लाही, ताप्लेजुङ, काठमाडौं, रामेछाप र कास्कीका एकरएक जना रहेको बोर्डको सचिवालयले जनाएको छ ।