देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

थप ९९४ जनामा कोरोना संक्रमण, १२ जनाको मृत्यु

देशान्तर

काठमाडौं– पछिल्लो २४ घन्टामा थप ९९४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार देशका विभिन्न प्रयोगशालाहरुमा गरिएको ६ हजार १३७ जनाको पीसीआर र ३ हजार ७०३ जनाको एन्टीजेन गरी ९ हजार ८४० जनामा गरिएको परीक्षणका क्रममा ९९४ जनामा संक्रमण पुष्टि भएको हो।

मन्त्रालयका अनुसार देशभर २७ हजार ३५५ जना सक्रिय संक्रमित रहेका छन्।

मन्त्रालयका अनुसार देशका विभिन्न भागमा गरि कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा १२ जनाको मृत्यु भएको छ।

पछिल्लो २४ घण्टामा देशभर १ हजार ३६८ जना संक्रमित कोरोना संक्रमणमुक्त भएका छन्। मन्त्रालयका अनुसार हालसम्म निको हुनेको संख्या ७ लाख ३८ हजार ३४ पुगेको छ।