नवलपुर – नेपाली कांग्रेसका महामन्त्री डांक्टर शशांक कोइरालाले १४औं महाधिवेशनका लागि सभापतिमा उम्मेदवारी घोषणा गरेका छन् ।
जिल्लाको देवचुलीमा कांग्रेसले आयोजना गरेको वीपी स्मृति भवन उद्घाटन गर्दै महामन्त्री कोइरालाले सभापतिमा उम्मेदवारी घोषणा गरका हुन् ।
उनले भने, ‘जसरी गिरिजाप्रसाद कोइरालाले गृहजिल्ला मोरङको विराटनगर पुगेर सभापति उम्मेदवारी घोषणा गर्नुहुन्थ्यो, त्यसैगरी मैले पनि गृहजिल्ला नवलपुरबाट सभापति पदका लागि उम्मेदवारी घोषणा गर्छु ।’
महमन्त्री कोइरालाले कांग्रेस कहिलै नहार्ने पार्टी रहेको भन्दै पार्टीभित्र कुनै कलहको आवश्यकता नरहेको बताएका छन् । देशमा कृषि, पर्यटन र भौतिक पुर्वाधारमा कांग्रेसले विकासका योजना ल्याउने पनि उनको प्रतिबद्धता छ ।
कार्यक्रममा नेपाली कांग्रेसका गण्डकी प्रदेशका सासंद विष्णु लामिछाने कांग्रेसमा अहिले युवाको आकर्षण देखिएको भन्दै पार्टीले युवाहरूलाई अवसर प्रदान गर्ने बताए ।





प्रतिक्रिया