देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

गतिरोध अन्त्यका लागि सभामुखले संसदीय दलका नेताहरुसँग छलफल गर्दै

देशान्तर

 

पछिल्लो समय देखिएको गतिरोध अन्त्यका लागि सभामुख अग्निप्रसाद सापकोटाले संसदमा प्रतिनिधित्व गर्ने दलका नेताहरुसँग छलफल गर्ने भएका छन् ।

त्यसका लागि सापकोटाले दिउँसो साढे २ बजे संसद भवन नयाँ बानेश्वरमा संसदीय दलका नेताहरुलाई छलफल गर्न बोलाएका छन् ।

छलफलमा प्रधानमन्त्री एवं कांग्रेस संसदीय दलका नेता शेर बहादुर देउवा, विपक्षी दलका नेता केपी शर्मा ओली, माओवादी केन्द्रका संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकिकृत समाजवादीका संसदीय दलका नेता माधव कुमार नेपाल, जसपा संसदीय दलका नेता उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका नेता महन्थ ठाकुर, जनमोर्चाकी दुर्गा पौडेल, नेमकिपाका प्रेम सुवाल र राप्रपाका राजेन्द्र लिंदेनलाई आमन्त्रण गरिएको छ ।

सर्वदलीय छलफल संसदमा जारी गतिरोध अन्त्य लगायतका महत्वपूर्ण समसामयिक विषयमा केन्द्रीत रहने सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए ।

प्रतिपक्षी दल एमालेले आफ्नो पार्टी विभाजन गर्न सभामुखले भूमिका खेलेको भन्दै पछिल्लो समय संसद अवरुद्ध गर्दै आएको छ । संसद अबरोध भएकै अवस्थामा सरकारले प्रतिस्थापन विधयेक पनि पारित गरेको छ । आइतबारको बैठक पनि अवरुद्ध भएपछि सभामुख सापकोटाले मंगलबारसम्मका लागि बैठक स्थगित गरेका थिए ।