देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

नेपाली रुपैयाँ इतिहासकै कमजोर, महंगिदै अमेरिकी डलर

देशान्तर

काठमाडौं । अमेरिकी डलरको तुलनामा बिहीवार नेपाली रुपैयाँ इतिहासकै सबैभन्दा कमजोर बनेको छ। विगत केही समययता डलरको मूल्य बढेपछि नेपाली मुद्राको मूल्यमा उच्च कमी आएको हो।

बिहीवार एक अमेरिकी डलरबराबर एक सय ९ रुपैयाँ २४ नेपाली रुपैयाँ खर्चिनु परेको छ। यो हालसम्मकै उच्च हो।  पछिल्ला दिनमा भारतीय मुद्रामको तुलनामा अमेरिकी डलरको मूल्य बढेकाले विनियमदर भारतीय भुद्रासँग भारुको मूल्य घटबढ आउने गरेको छ।  

अहिले डलरको तुलनामा भारतीय मुद्रा कमजोर भएकाले त्यसको प्रत्यक्ष असर नेपाली मुद्रामा पनि परेको हो।  नयाँ पत्रिका दैनिकमा समाचार छ। 

]]>