देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

राष्ट्रिय सभाको बैठक भदौ ३० गतेसम्मका लागि स्थगित

देशान्तर

काठमाण्डौ – राष्ट्रिय सभाको बैठक आउँदो भदौ ३० गतेसम्मका लागि स्थगित भएको छ । नेकपा एमालेको अवरोधका कारण राष्ट्रिय सभाको बैठक भदौ ३० गतेसम्मका लागि स्थगित गरिएको हो ।

आज बसेको पहिलो बैठकमा एमालेले अवरोध गरेपछि बैठक १५ मिनेटसम्मका लागि स्थगित गरिएको थियो । त्यसपछि सुरु भएको बैठकमा पनि एमालेले अवरोध गरेपछि बैठक भदौ ३० गतेसम्म स्थगित गरिएको हो ।

एमाले सांसदको विरोधकै बीच राष्ट्रिय सभाबाट लोक सेवा आयोग विधेयक २०७८ पारित भएको छ ।

एमाले सांसदकै अवरोधका कारण प्रतिनिधि सभाको बैठक पनि भोलि मङ्गलवार २९ गतेसम्मका लागि स्थगित भएको छ ।