देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

नेकपा (एस)ले डाक्यो  केन्द्रीय कमिटी बैठक

देशान्तर

काठमाडौं – नेकपा (एकीकृत समाजवादी) पार्टीले केन्द्रीय कमिटीको बैठक बोलाएको छ। असोज ५ गतेका लागि बैठक बोलाएको केन्द्रीय कमिटी सदस्य मेटमणि चौधरीले जानकारी दिए।

बैठकको मिति तय भए पनि स्थानको टुंगो भइनसकेको उनले बताए।

माधव नेपालको नेतृत्वमा एमालेबाट विद्रोह गरेर समाजवादी पार्टी गठन भएको हो। ३० सांसद र ५६ केन्द्रीय सदस्यहरुको सनाखतपछि निर्वाचन आयोगले नयाँ पार्टीको प्रमाणपत्र दिएको थियो।