देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

बाँकेमा फेरी बाघको आक्रमणबाट एक जनाको मृत्यु

देशान्तर

रूपन्देही – जंगली बाघले बाँकेमा एक जनाको ज्यान लिएको छ । बाँकेको राप्ती सोनारी गाउँपालिका १ गाभरमा एक व्यक्तिलाई बाघले आइतबार आक्रमण गरेर लगेको थियो ।

गाभरको भेरी राप्ती स्टाफ होटेलमा काम गर्दै आएका अन्दाजी ४५ बर्षिय ‘भैया’ भनिने व्यक्तिलाई बाघले आक्रमण गरिलगेको र उनको आधा शरिर बाघले खाएको अवस्थामा भेटिएको स्थानीयले जानकारी दिएका छन् ।

उनलाई आईतबार बेलुका महेन्द्र राजमार्गबाट बाघले झम्टेर लगेको थियो । सोमबार बिहान महेन्द्र राजमार्गदेखि ५ सय मिटर उत्तर बाँके राट्रिय निकुञ्ज क्षेत्रमा उनको शव भेटिएको थियो ।

बाघले उनको आधा शरिर खाइसकेको अवस्थामा शब फेला परेको स्थानीयले जनाएका छन् । सो क्षेत्रमा केही समययता निरन्तर बाघले मान्छेको ज्यान लिएको छ ।