देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

बंगलादेशले माग्यो २०० मेगावाट बिजुली

देशान्तर

नेपालले भारतको बिहार राज्यसँग विद्युत् आदान–प्रदानका लागि आग्रह गरेको केही दिनमै बंगलादेशसँग पनि विद्युत् आदानप्रदान र व्यापारको प्रस्ताव गरेको छ ।

सोमबार सुरु भएको दुई देशका ऊर्जा सचिवस्तरीय संयुक्त कार्यकारिणी समिति (जोइन्ट स्टेयरिङ कमिटी) बैठकमा भारतको प्रसारण लाइन प्रयोग गरेर बंगलादेशसँग विद्युत् आदानप्रदान गर्न सकिने विषयमा छलफल भएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ ।

भर्चुअल बैठकमा बंगलादेशले नेपालबाट तत्काल बिजुली दिन सक्ने–नसक्नेबारे सुनिश्चितता खोजेको मन्त्रालयका प्रवक्ता मधुप्रसाद भेटवालले बताए । ‘बैठकमा विशेषगरी नेपालको दुई सय मेगावाट बिजुली बंगलादेशलाई दिने र सुनकोसी–३ र खिम्ती–शिवालय जलाशययुक्त आयोजनामा संयुक्त लगानी खोज्ने विषयमा छलफल भयो,’ उनले भने ।

गत शुक्रबार नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भारतको बिहार राज्यसँग बर्खायाममा दुई सय मेगावाट विद्युत् लिन र हिउँदमा सोही परिमाणमा नेपाललाई उपलब्ध गराउन प्रस्ताव गरेका थिए । बर्खायाममा उत्पादित बिजुली बढी हुने र हिउँदमा माग धान्न नसक्ने भएका कारण नेपालले ‘इनर्जी एक्सचेन्ज’ का लागि बिहारसँग प्रस्ताव गरेको हो । सोही अवधारणामा बंगलादेशसँग पनि विद्युत् आदानप्रदानका लागि छलफल अघि बढेको हो । कान्तिपुरमा खबर छ ।