देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

नेकपा समाजवादीको बैठक असोज ५ गते बस्ने

देशान्तर

काठमाडौँ – नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटीको बैठक आउँदो असोज ५ गते बस्ने भएको छ । नेकपा एमालेबाट छुट्टिएर गठन भएपछि पहिलो पटक पार्टीको केन्द्रीय कमिटीको बैठक बस्न लागेको हो ।

बैठक हिजैका लागि तय गरे पनि केही गृहकार्य अपुग भएकाले केही दिनपछि सारिएको नेकपा एकीकृत समाजवादीले जनाएको छ । सङ्गठन विस्तार, समसामयिक राजनीतिक अवस्थामा पार्टीले निर्वाह गर्नुपर्ने भूमिका तथा राजनीतिक गतिविधि सञ्चालन गर्न आवश्यक रणनीति तयार पार्न बैठक बस्न लागेको हो ।