देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

प्रचण्डलाई ठूलो पार्टी पचेन : ओली

देशान्तर

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रमा रहेका कार्यकर्ताहरुलाई एकीकृत पार्टीमा फर्किन आह्वान गरेका छन् ।

उनले माओवादी केन्द्र नाम मात्रैको रहेको भन्दै एकीकृत पार्टीमा प्रवेश गर्न आह्वान गरे । उनले भने, ‘त्यो माओवादी केन्द्र होइन प्रचण्ड गुट हो । नाम पाउनु बेग्लै कुरा हो । एकीकृत पार्टीमा आउनुस् । माओवादी केन्द्रका साथीहरु देशव्यापी रुपमा हामीसँग हुनुहुन्छ । उहाँका देखाउने २ ४ जना मात्रै साथीहरु हुनुहुन्छ’ उनले भने, ‘प्रचण्डको साथमा जो जो हुनुहुन्छ एकीकृत पार्टीमा फर्कन आग्रह गर्छु । व्यक्तिका पछि होइन आन्दोलन र बिचारको पछि लाग्नूस् । महान कामको पछि लाग्नूस् ।’

उनले प्रचण्डलाई उडेको जहाज बिस्तारै बिलाउँदै दृष्यबाट हटेजस्तै देखिने दृश्यको रुपमा संज्ञा दिए । उनले भने, ‘प्रचण्डले आफ्नो गुट लिएर अलग भए । उनलाई ठूलो पार्टी पचेन । सानो प्रचण्ड गुट चाहियो उनलाई ।’

एमालेका कारण संसद बैठक अवरद्ध भएको टिप्पणी आइरहँदा नेता ओलीले आफ्नो पार्टीले संसद अवरोध नगरेको भन्दै सरकारकै कारण बजेट पास नभएको बताए ।

उनले भने, ‘भूमि आयोग आफ्नो मान्छेलाई जागिर खुवाउन बनाइयो । सुकुम्बासीको हकहितमा होइन ।’ माधव नेपाल प्रचण्डप्रति लक्षित गर्दै ओलीले भने, ‘अबको चुनावमा जाँदा उनीहरु हुक्काँ हुक्काँ गर्दै जान्छन् अनि चुनाव सकिएपछि स्वाँ स्वाँ गर्छन् ।’ तर नेकपा एमाले मर्यादाका सीमाभित्र रहेर विरोधका कार्यक्रम गर्ने उनको भनाइ थियो । ‘जनतालाई उत्तेजित नबनाऔं । शान्तिपूर्ण आन्दोलन गर्न दिऔं ।’