काठमाडौं – काठमाडौं महानगरपालिकाभित्रका निजी तथा सामुदायिक विद्यालय दशैँ अगाडि नखुल्ने भएका छन्। बिहीबार महानगरको शिक्षा समिति,अभिभावकलगायत सरोकारवाला निकायसँग बसेको बैठकले दशैँ अगाडि विद्यालयहरू नखोल्ने निर्णय गरेको हो।
नेपाल अभिभावक महासंघका अध्यक्ष शुप्रभात भण्डारीले अहिले विद्यालय सञ्चालनका लागि तयारी मात्रै गर्ने निर्णय भएको जानकारी दिए। ‘आज बसेको बैठकले दशैँ अगाडि नखोल्ने निर्णय भएको छ,अहिले तयारी गर्ने र समय अनुकूल भएका दशैँपछि मात्र खोल्न सकिने भन्ने निर्णय भएको छ,’उनले भने।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले असोज १ गतेदेखि विद्यालय सञ्चालन गर्न जिल्लाभरिका स्थानीय तहलाई अनुमति दिएको थियो। यसका लागि स्थानीय तहले आवश्यक छलफल गरी निर्णय लिनुपर्ने थियो।





प्रतिक्रिया