देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

होस्टेलमार्फत मानव तस्करी

देशान्तर

काठमाडौं । सप्तरीका सुजन रानाले रुसको राजधानी मस्कोस्थित नेपाली दलालले चलाएको होस्टेलमा एक महिना बिताए। उनले जापान जान ८ लाख रुपैयाँ तिरेका थिए। दलालले भारतको नयाँ दिल्ली हुँदै उनलाई मस्कोस्थित नेपाली दूतावास नजिकको होस्टेलमा पुर्‍याएका हुन्।

अन्य दुई जना पनि एक महिना होस्टेलको बसाईपछि जापानको नरिता विमानस्थलमा उत्रिए। विमानस्थलको शौचालयमा भिसालगायत कागजात च्यातेर फाले। तीनै जनाले साथमा रहेको तीन सय डलर पनि शौचालयमै फाले। त्यसपछि पुगे विमानस्थलमा तैनाथ सुरक्षाकर्मीको शरणमा।

‘दलालले जे निर्देशन दिन्थे त्यही गर्थे, त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल अध्यागमन प्रमुख कृष्णवहादुर रावतसँग सुजनले भने,‘नरिता विमानस्थलका सुरक्षाकर्मीले जेलमा राखे, हाम्रो नरकीय जीवन सुरु भयो।’ मस्को उडाउनुअघि दलालले दिल्लीमै नेपालीले चलाएको होस्टेलमा दुई साता राखेको रावलले बताए। सुजन ४३ दिनमा कारागार बसाईपछि उनी स्वदेश फर्किएका छन्। अन्य १८ दिनअघि नै फिर्ता भएका थिए। हरेक महिना दललाले तस्करीको रुट  र विधि परिवर्तन गर्ने गरेको उनले जानकारी दिए। कान्तिपुर दैनिकमा समाचार छ।
 

]]>