देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

कांग्रेस अधिवेशन : थप सात जिल्लामा खटायो निर्वाचन अधिकृत

देशान्तर

काठमाडौं – नेपाली कांग्रेस निर्वाचन समितिले थप सात जिल्लामा निर्वाचन अधिकृत खटाएको छ । अधिवेशन हुन बाँकी २० मध्ये काठमाडौंसहित मोरङ, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, बाजुरा, कपिलवस्तु र बर्दियामा निर्वाचन अधिकृत तोकिएको छ ।

समिति सचिव जगन्नाथ श्रेष्ठका अनुसार सम्बन्धित जिल्लाका निर्वाचन अधिकृतहरूले क्रियाशील सदस्यता सूची तथा अधिवेशनका लागि आवश्यक सामग्री बुझिसकेका छन् । श्रेष्ठका अनुसार काठमाडौं जिल्लाको अधिवेशन गराउने जिम्मेवारी वरिष्ठ अधिवक्ता नरहरि आचार्यलाई दिइएको छ ।

यस्तै, मोरङमा केदार कार्की निर्वाचन अधिकृत बनेका छन् । काभ्रेपलाञ्चोकमा राजेन्द्र लामिछाने, सिन्धुपाल्चोकमा छविरमण निरौला तथा बाजुरामा सन्तोष भण्डारीले निर्वाचन अधिकृतको जिम्मेवारी पाएका छन् । श्रेष्ठका अनुसार बर्दियामा लोकबहादुर शाह र कपिलवस्तुमा घनश्याम पन्त निर्वाचन अधिकृतको रूपमा जिल्ला प्रस्थान गरेका छन् ।

यसअघि गएको भदौ १८ गतेदेखि ५६ जिल्लामा वडा अधिवेशन सम्पन्न भइसकेको छ । २० जिल्लाको क्रियाशील सदस्यतासम्बन्धी विवाद पार्टीले टुंगोमा पु¥याउन नसक्दा वडा अधिवेशन सुरु हुन सकेको छैन । कार्यतालिका अनुसार वडा अधिवेशन गर्न बाँकी रहेका २० जिल्लाको अधिवेशन असोज ५ मा गर्नुपर्ने छ ।