देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

थप १५५८ जनामा कोरोना संक्रमण पुष्टि, १० जनाको मृत्यु

देशान्तर

काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर एक हजार ५५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १२ हजार ३८५ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा एक हजार ५५८ जनामा संक्रमण पुष्टि भएको हो।

स्वास्थ्य मन्त्रालयका अनुसार आठ हजार ६६५ जनाको पिअिसार परीक्षण गर्दा एक हजार ८६ र तीन हजार ७२० जनाको एन्टीजेन परीक्षण गर्दा ४७२ जनामा संक्रमण पुष्टि भएको हो।

आज देशभर एक हजार ३५१ जना संक्रमित निको भई डिस्चार्ज भएका छन्। पछिल्लो २४ घण्टामा १० जना संक्रमितको मृत्यु भएको छ।

देशभर २५ हजार ४९७ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। तीमध्ये २३ हजार ९५० होम आइसोलेसनमा रहेका छन्। संस्थागत आइसोलेसनमा एक हजार ५४७ संक्रमित छन् भने ३८६ जना आइसियुमा र ११७ जनाको भेन्टिलेटरमा राखि उपचार भईरहेको छ। देशभर २२६ जना क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।