देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

काठमाडौंमा असोज ५ गते कांग्रेस वडा अधिवेशन, भोलि निर्वाचन अधिकृत खटिंदै

देशान्तर

काठमाडौं – सत्तारुढ नेपाली कांग्रेस काठमाडौंले असोज ५ गते सबै वडामा अधिवेशन गर्ने भएको छ । निर्वाचन अधिकृतसहितको जिल्ला कार्यसमिति बैठक बोलाएर कांग्रेस काठमाडौंले वडा अधिवेशनको तयारी शुरु गरेको छ ।

कांग्रेस काठमाडौंका जिल्ला सभापति कृष्ण सबुज बानियाँको अध्यक्षतामा ज्ञानेश्वरस्थित पार्टी कार्यालयमा बसेको बैठकले अधिवेशन प्रक्रिया शुरु गरेको हो । शनिबारसम्म काठमाडौंका सबै वडामा निर्वाचन अधिकृत खटिने गरी कामको थालनी गरिएको बानियाँले जानकारी दिएका छन् ।

काठमाडौं महानगरसहितका विभिन्न ११ वटा नगरपालिकाका गरी काठमाडौं जिल्लामा १३८ वडा रहेका छन् । ‘असोज ५ गते एकै दिन सबै वडामा अधिवेशन हुन्छ,’ सभापति बानियाँले भने, ‘भोलिसम्म वडा-वडामा निर्वाचन अधिकृतहरु खटिनु हुन्छ ।’

कांग्रेसको केन्द्रीय निर्वाचन समितिले गत बुधबार काठमाडौंसहित थप सात जिल्लाको क्रियाशील सदस्यता नामावली पार्टीको वेबसाइटमार्फत सार्वजनिक गरेको थियो । योसँगै ६४ जिल्लाका कांग्रेस क्रियाशील सदस्यहरुको नामावली सार्वजनिक भएको छ ।