देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

कार्यकर्तालाई प्रशिक्षण दिन प्रचण्ड जनकपुरमा

देशान्तर

जनकपुरधाम – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ जनकपुरधाम आएका छन् । पार्टीले आयोजना गरेको प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रममा सहभागी हुन अध्यक्ष प्रचण्ड र नेता मातृका प्रसाद यादव आज जनकपुरधाम आएका हुन् । जनकपुर एयरपोर्टमा अध्यक्ष प्रचण्ड र नेता यादवलाई स्वागत गरिएको छ ।

स्वागतका लागि प्रदेश २ का आन्तरिक मामिला तथा संचार मन्त्री भरत साह, राज्यमन्त्री रुबी कर्ण, संघीय सांसद बोधमाया यादवलगायतका नेता कार्यकर्ता एयरपोर्ट पुगेका थिए ।

प्रशिक्षण कार्यक्रमका लागि प्रदेश २ का आठै जिल्लाबाट अगुवा नेता कार्यकर्ता आएका छन् ।