देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सभापतिको उम्मेदवारबाट पछि हट्दिन : नेता सिंह

देशान्तर

काठमाडौं – नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले गठबन्धनक भित्र रहेका केही दल भित्रको आन्तरिक व्यवस्थापनको अलमलका मन्त्रीपरिषद विस्तारमा ढिलाई भएको बताएका छन् ।

आज गणेशमान सिहंको २५ ओै स्मृतिम दिवसको अवसरमा आयोजना गरिएको कार्यक्रममा बोल्दै नेता सिहले सो कुरा बताएका हुन् । कार्यक्रमा नेता सिंहले गठबन्धनमा भएका दलहरुबीच कुरा नमिल्दा मन्त्रीपरिषद् विस्तार हुनमा ढिलाई भएको भन्दै छिटै सरकारले पुर्णता पाउने बताएका छन् ।

कम्युनिष्टहरुको दुई तिहाईको सरकारले जनताको मर्म र भावनामा लगातार प्रहार गरेको आरोप समेत लगाएका छन् , । कम्युनिष्टहरु असफल हुँदा त्यसको प्रतिफल स्वरुप कांग्रेसले सरकारको नेतृत्व गर्ने अवसरका पाएको उनको भनाइ थियो । साथै उहााले कांग्रेस नेतृत्वको सरकारले जनताको भावना अनुसार काम गर्ने विश्वास व्यक्त गरे ।

त्यस्तै नेता सिंहले पार्टीको १४ औं महाधिबेशनबाट नेपाली जनताको भावना बुझ्ने सक्षम नेतृत्व आउने बताए । उनले
पार्टी भित्र विवाद र अलोकतान्त्रिक गतिविधी बढीरहेको भन्दै विवाद भएका जिल्लामा विधीविधान अनुसार समधान गर्नु पर्ने बताए ।

अर्को प्रसङ्गमा नेता सिंहले साझा उम्मेद्वार छान्ने विषयमा छलफल भइरहेको बताउदै आफु सभापतिको उम्मद्वारबाट पछि नहट्ने बतचाएका छन् ।

कार्यक्रममा उहाँले सर्वोच्च नेता गणेशमान सिंहले नेपालको राजनीतिमा पुढयाएको योगदानको स्मरण गरेका थिए । साथै कांग्रेस पार्टी मजबुत बनाउन गणेशमान सिंहको अमुल्य योगदान रहेको नेता सिंहको भनाइ थियो । गणेशमान सिह फाउन्डेसनले कार्यक्रमको आयोजना गरेको थियो ।