देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

काठमाण्डौको जोरपाटीबाट झण्डै पाँच लाख रुपैयाँसहित २० जना जुवाडे पक्राउ

देशान्तर

काठमाण्डौ – काठमाण्डौको जोरपाटीबाट झण्डै पाँच लाख रुपैयाँसहित २० जना जुवाडे पक्राउ परेका छन् ।

पैसामा हारजित हुने गरी अवैध रुपमा जुवातास खेलीरखेलाइ रहेको प्राप्त गोप्य सूचनाको आधारमा वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले गएराति तिब्बतियन क्याम्पभित्र रहेको धावा ढुण्डुपको घरमा छापा मारेको थियो । घटनास्थलबाट प्रहरीले जुवा खेलिरहेका २० जनालाई पक्राउ गरेको हो ।

उनीहरुको साथबाट चार लाख ७५ हजार रुपैयाँ, २० बुक तास, क्यासिनोमा प्रयोग हुने चार सय ६४ थान क्वाइन, २८ वटा चेक र कौडा पनि बरामद गरेको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।