देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

कानुनभन्दा बाहिर गएर कुनै निर्णय गर्दिनँ : सभामुख सापकोटा

देशान्तर

काठमाडौं – सभामुख अग्निप्रसाद सापकोटाले जनताको चाहना र राष्ट्रको आवश्यकताभन्दा ठूलो अरू केही नहुने र आफूले कानुनभन्दा बाहिर गएर कुनै पनि निर्णय नगर्ने बताएका छन्।

विधायिकी खुलापन लोकतन्त्र मेलालाई सम्बोधन गर्दै सभामुखले भने, ‘लोकतन्त्रको रक्षाको लागि हामी सबैले संकल्प गरेर लाग्नुपर्छ। जनताको चाहाना र राष्ट्रको आवश्यकताभन्दा अरू ठूलो केही हुन सक्दैन। मूलभूत रूपमा ठिक ट्रयाकमा अगाडि बढिरहेका छौँ। यसलाई अझै राम्रोसँग अगाडि बढाउनुपर्छ।’

देश र जनताको लागि संसदबाट सबै कुरा उत्पादन हुने भएकाले प्रभावकारी ढंगबाट अगाडि बढाउन सक्नुपर्ने बताए। सभामुखले भने, ‘संसदलाई प्रभावकारी ढंगबाट सञ्चालन गर्नको लागि अझ मिहिनेत र प्रयासको साथ संसदलाई प्रभावकारी ढंगबाट सञ्चालन गर्नको लागि कार्यसम्पादनमा चुस्त दुरुस्त बनाउन लाग्नुपर्छ।’

संघीय संसदको ठूलो भूमिका भएकाले संसदलाई अझै प्रभावकारी बनाउनका लागि अहिलेकै गतिमा सन्तुष्ट भएर बस्ने अवस्था नरहेको बताए। पूरै निष्‍ठाको साथ आफ्नो चेतनाले भ्याएसम्म संसदलाई प्रभावकारी बनाउन भूमिका खेल्ने उनको भनाइ छ। देश, जनता र कानुनभन्दा बाहिर गएर कुनै निर्णय गर्ने समेत प्रतिबद्धता जाहेर गरे।