देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

माधव नेपालसहित १४ सांसदविरुद्धको रिटमा सुनुवाइ हुँदै

देशान्तर

काठमाडौं– नेकपा (एमाले)ले निर्वाचन आयोग र सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध सर्वोच्च अदालतमा दायर गरेको रिटमाथि आज सुनुवाइ हुने भएको छ।न्यायाधीश दीपक कार्की र कुमार चुडालको संयुक्त इजलासमा रिटको सुनुवाइ हुन लागेको हो।

माधव नेपालसहित १४ संसदमाथिको कारवाही रोकेर पार्टी विभाजनमा निर्वाचन आयोग र सभामुखले सहयोग गरेको आरोपसहित एमाले अदालत पुगेको थियो। त्यही विरोधमा एमालेले संसदमा निरन्तर अवरोध गर्दै आइरहेको छ।