काठमाडौं स् नेकपा (एमाले)ले निर्वाचन आयोग र सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध सर्वोच्च अदालतमा दायर गरेको रिट हेर्दाहेर्दैमा रखिएको छ। न्यायाधीश दीपक कार्की र कुमार चुडालको संयुक्त इजलासमा रिटको सुनुवाइ हेर्दाहेर्दैमा राखिएको हो।
माधव नेपालसहित १४ संसदमाथिको कारबाही रोकेर पार्टी विभाजनमा निर्वाचन आयोग र सभामुखले सहयोग गरेको आरोपसहित एमाले अदालत पुगेको थियो। त्यही विरोधमा एमालेले संसदमा निरन्तर अवरोध गर्दै आइरहेको छ।





प्रतिक्रिया