देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

डा। नारायण खड्का परराष्ट्रमन्त्रीमा नियुक्त

देशान्तर

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली कांग्रेसका सांसद डा। नारायण खड्कालाई परराष्ट्रमन्त्री नियुक्त गरेकी छन्।

राष्ट्रपतिले प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा गत असार २९ गते गठित मन्त्रिपरिषद्मा प्रधानमन्त्रीको सिफारिसमा नेपालको संविधानको धारा ७६ को उपधारा ९९० बमोजिम डा। खड्कालाई परराष्ट्रमन्त्री नियुक्त गरेकी हुन्।

राष्ट्रपति भण्डारीले नवनियुक्त मन्त्री खड्कालाई बुधबार दिउँसो १ बजे पद तथा गोपनीयताको शपथ गराउने कार्यक्रम रहेको राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तले जानकारी दिए।